नियम २०
कार्यवाहक बढुवा
(१) बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सहसेनानी देखि सहायक रथीसम्मका अधिकृतलाई एक तह माथिको पद रिक्त रहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसारनियम १४ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछः–
बढुवा हुने पद               अधिकृत सेवा अवधि
(क) उपरथी                    बीस वर्ष
(ख) सहायक रथी           उन्नाइस वर्ष
(ग) महासेनानी              सोह्र वर्ष
(घ) प्रमुख सेनानी          बाह्र वर्ष
(ङ) सेनानी                     छ वर्ष
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिइनेछ ।
(३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएका अधिकृतले कार्यवाहक पाएको पदको तलब र दज्र्यानी चिन्ह लगाउन पाउनेछ ।तर सो कार्यबाहक अवधि पदावधिमा गणना हुने छैन ।
(४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिभरको तलब वृद्धी (ग्रेड) पाउने छैन ।